पोखरा पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका ५ जनाको अत्येष्टी

पाेखरा | असार २८, २०८१

पोखरा पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका ५ जनाको अत्येष्टी

पोखरा:   पोखरा महानगरपालिका–१९ पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका ५ जनाको अत्येष्टी गरिएको छ । उनीहरुको भुज्रुङखोला स्थित सेती घाटमा अत्येष्टी गरिएको हो । 


गएराति करिब १०  बजेको समयमा पुरनचौरमा पहिरो जाँदा ४७ वर्षीय कुलबहादुर परियारको घर पुरिएको थियो । 

 

पहिरोमा पुरिएर मृत्यु भएका पोखरा महानगपालिका–१९ पुरनचौर घर भएका ४७ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लश्रीमा परियार, १५ वर्षीय प्रशना परियार र राधिका परियारको सामुहिक अन्येष्टी गरिएको हो । 


गएराति पुरनचौर पहिरो जाँदा ७ जनाको ज्यान गएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका २५ वर्षीय अस्मित परियार र २० वर्षीय प्रभा परियारको शव परिवारले लगेका छन् । 


गएराति कास्कीको तीन स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । भने, ४ जना घाइते भएका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्